Friday, April 28, 2017  |    

पर्यटन व्यवसायी बोधराज भण्डारीलाई मातृशोक

प्रकाशित मिति: 2017/01/18

माघ ५, काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)का पूर्वअध्यक्ष तथा पर्यटन क्षेत्रका सुपरिचित व्यक्तित्व बोधराज भण्डारीलाई  मातृशोक परेको छ ।

७७ वर्षीया माता खरिका भण्डारीको अकस्मात पेटमा समस्या आएपछि गत पुस २६ गते पोखरास्थित गण्डकी अस्पतालमा लैजाने क्रममा निधन भएको हो  । भण्डारी लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएकी थिइन् ।  उनको चार छोरा बोधराज भण्डारी, शोभाकर भण्डारी, दिल्लीराम भण्डारी र विष्णप्रसाद भण्डारी रहेका छन् भने तीन छोरी छन् । छोरा बोधराज भण्डारी उनको कान्छो सन्तान हुन् । हाल बैदाम ६ बस्दै आएकि खरिका भण्डारी लामो समयदेखि सुगर, प्रेस, बाथ रोगबाट ग्रसित रहँदै आएकि थिईन् । उनको निधनप्रति सम्पूर्ण ठमेलबासी तथा यस गन्तव्य नेपाल साप्ताहिक तथा गन्तव्य नेपाल न्यूज डट कम अत्यन्तै दुःख प्रकट गर्दछ । 

 

तपाईंको बिचार