Sunday, August 20, 2017  |    

राष्ट्रिय किसान आयोग गठन, सहसचिव सचिवमा बढुवा

प्रकाशित मिति: 2017/01/19

माघ ६, काठमाडौं । सरकारले राष्ट्रिय किसान आयोग गठन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले किसान आयोग गठन गर्ने निर्णय गरेको हो । यस्तै सरकारले न्याय सेवा आयोगको सिफारिसमा पाँचजना सहसचिवलाई सचिवमा बढुवा गरेको छ  । सरकारले सहरजिस्ट्रार नकुल सुवेदीलाई न्यायपरिषद्को सचिवमा नियुक्त गर्नुका साथै सहरजिस्ट्रार नृपध्वज निरौलालाई सर्वोच्च अदालतको रजिस्ट्रारमा नियुक्त गरेको छ । सहरजिस्ट्रार राजीव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा पदोन्नति गरिएको छ । त्यस्तै, सहन्यायाधिवक्ता राजनप्रसाद भट्टराईलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदोन्नति गरिएको हो ।

 

तपाईंको बिचार