Thursday, June 29, 2017  |    

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा माकाजु नियुक्त

प्रकाशित मिति: 2017/01/20

माघ ७, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ माकाजु नियुक्त हुने पक्का भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र सर्च कमिटीका सदस्यहरुको शुक्रबार बिहान बसेको बैठकले माकाजुलाई नै उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी मन्त्रिपरिषद बैठकले यसलाई औपचारिकता दिनेछ ।

यसअघि शिक्षामन्त्री धनिराम पौडेल संयोजकत्वको सर्च कमिटीले माकाजुसहित पाँच जनाको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । सिफारिसमा माकाजुसहित जनार्दन लामिछाने, रजिष्ट्रार भोला थापा, मनप्रसाद वाग्ले, भद्रमान तुलाधर परेका थिए । तिमध्येबाट माकाजुलाई उपकुलपति नियुक्त गर्ने टुंगो लागेको हो ।
माकाजु यसअघि पनि काठमाडौं विश्वविद्यालयको उपकुलपति थिए । उनको चार वर्षे कार्यकाल गत मंसिर अन्तिम साता सकिएको थियो । माकाजुको कार्यकाल विवादित भएको भन्दै उनलाई फेरि पनि उपकुलपति नबनाउन प्राध्यापकहरुले दबाव दिँदै आएका थिए । अख्तियार दुरुपयोगको आरोप लागेका माकाजुलाई उपकुलपति नबनाउन डा. गोविन्द केसीले पनि माग गर्दै आएका थिए ।
उपकुलपति टुंगो लगाउन शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, सर्च कमिटी संयोजक एवम् शिक्षामन्त्री पौडेल, सदस्यहरु ढुंगाना र शर्माको बैठक बसेको थियो । सो बैठकमा माकाजुलाई नियुक्त गर्ने सहमति भएको थियो । सोको जानकारी पाएलगत्तै माकाजुलाई उनका समर्थकहरुले विश्वविद्यालय परिसरमा फूलमाला र अबिर लगाइदिएर बधाइ दिएका छन् ।

तपाईंको बिचार