Tuesday, September 19, 2017

भक्तपुरका भूकम्पपीडितले आजदेखि पहिलो किस्ताको ५० हजार पाउने

प्रकाशित मिति: 2017/01/22

माघ ९, काठमाडौं । सरकारले भक्तपुरका भूकम्प प्रभावित १८ हजार परिवारका लागि आइतबारदेखि पहिलो किस्तावापतको अनुदान रकम वितरण थाल्दैछ ।

अनुदान सम्झौतासहित सबै प्रकृया पुरा गरेका १८ हजार परिवारलाई आज पहिलो किस्ताको रकम उपलब्ध गराउन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहायक प्रवक्ता भिष्म कुमार भुसालले जानकारी दिए ।
जिल्ला विकास समिति भक्तपुरले अनुदान सम्झौता भएका ती परिवारलाई ५० हजार रुपैँया उपलब्ध गराउन बैंकमा पैसा पठाइसकेको भक्तपुर जिल्ला विकास समितिका योजना अधिकृत भरतकुमार थापाले जानकारी दिए ।
भक्तपुरमा रहेका विभिन्न २६ वटा बैंकबाट उनीहरु सबैलाई आज अनुदान रकमको पहिलो किस्ता उपलब्ध गराउन लागेको हो ।

योजना अधिकृत थापाका अनुसार आजै ती १८ हजार परिवारको खातामा पहिलो किस्ताको ५० हजार पैसा जम्मा हुनेछ । लाभग्राही परिवारले आजै पनि पैसा लिन सक्नेछन् ।
बाँकी ८ हजार परिवारलाई पनि चाँडै पहिलो किस्ताको अनुदान रकम ५० हजार उपलब्ध गराउने जिविसले जनाएको छ । भुक्तपुरमा भुकम्पबाट करिब २६ हजार परिवार विस्थापित भएका थिए ।
भुकम्पले घर भत्किएको करिब २ वर्षपछि भक्तपुरबासीलाई सरकारले पहिलोपटक ५० हजार रुपैँया बाढ्न थालेको हो ।

तपाईंको बिचार