Thursday, March 23, 2017  |    

राजनीतिक गतिरोधको चाँडै अन्त्य हुन्छ :मन्त्री खाँड

प्रकाशित मिति: 2017/01/25

माघ १२, दाङ । रक्षामन्त्री बालकृष्ण खाँडले छिट्टै राजनीतिक गतिरोध अन्त्य हुने बताएका छन् ।

रिपोटर्स क्लब नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खाँडले सबै दललाई सहमतिमा ल्याएर संविधान संशोधन तथा स्थानीय निकायको निर्वाचन गरिने बताए ।
नेपालमा दलहरु अन्तिम समयमा मिल्ने इतिहास भएको बताउँदै उनले वर्तमान राजनीतिक निकासका लागि पनि छिट्टै दलहरुबीच सहमति हुने धारणा व्यक्त गरे । संविधान संशोधन प्रस्तावमा अन्तिम समयमा सहमति हुनेमा उनले विश्वास व्यक्त गरे । खाँडले प्रदेश नम्बर ५ मा पहाडी जिल्लाहरुलाई पनि राखिनुपर्ने बताए ।

देशको गरिमालाई उच्च राख्न नेपाली सेनाले उच्च भूमिका खेलेको भन्दै उनले प्रशंसा गरे । नेपाली सेनाले सीमाको रक्षाका साथै नेपालको परिवर्तलाई आत्मसाथ गरी अगाडि बढेको बताए ।

 

तपाईंको बिचार