Wednesday, May 24, 2017  |    

४४ थान पासपोर्टसहित चिनियाँ नागरिक पक्राउ

प्रकाशित मिति: 2017/01/26

माघ १३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान राहादानी (पासपोर्ट) सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

ड्रागन एयरबाट चिनको कुनमिङ जान लागेका चिनियाँ नागरिक ४१ वर्षीय वीउ बिन छिलाई हिजो (बुधबार) बेलुका साढे ९ बजे विमानस्थलबाट पक्राउ गरिएको विमानस्थलका प्रहरीले जानकारी दिए । पक्राउ परेका छिको साथबाट चिनियाँ नागरिकका ४४ थान पासपोर्ट बरामद भएको छ । ती पासपोर्टमा कुनै देशको भिसा लागेको छैन ।

छिले भिसा लगाउन पासपोर्ट नेपाल ल्याएको प्रहरीलाई बयान दिएको जनाईएको छ । जबकी चिनियाँ नागरिकलाई नेपालमा (अनअरायभल भिसा) दिने व्यवस्था छ । उनी अहिले पनि प्रहरी नियन्त्रणमा छन् । यसबारे अनुसन्धान भइरहेको छ । उनले दोभाषे ल्याएपछि थप अनुसन्धान हुने पनि बताएका छन् ।

पछिल्लो समय विमानस्थलबाट सुन तस्करीदेखि अवैध धन्दा बढेको छ ।

तपाईंको बिचार