Saturday, April 29, 2017  |    

एकै पटक २४ सय ८० कर्मचारीको सरुवा

प्रकाशित मिति: 2017/01/26

माघ १३, काठमाडौं । लोडसेडिङ हटाउने अभियानमा अवरोध पुर्‍याएको भन्दै नेपाल विद्युत प्राधिकरणले एकै पटक २४ सय ८० कर्मचारीको सरुवा गरेको छ ।

प्राधिकरणले काठमाडौं क्षेत्रीय कार्यालयका ७ सय ८१, जनकपुर क्षेत्रीय कार्यालयमा ३ सय ५४, विराटनगर क्षेत्रीय कार्यालयमा ३ सय २९ र हेटौंडा क्षेत्रीय कार्यालयमा २ सय ९२ र बुटवल क्षेत्रीय कार्यालयमा २ सय ६५ जना कर्मचारीको सरुवा गरेको हो ।

त्यस्तै पोखरा क्षेत्रीय कार्यालयमा सय १ सय ६६, नेपालगन्ज क्षेत्रीय कार्यालयका १ सय ६१ र अत्तरिया क्षेत्रीय कार्यालयमा १ सय ३२ कर्मचारी सरुवा भएका छन् ।  उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले लोडसेडिङ हटाउने अभियान अन्तर्गन यो पहिलो चरणको सरुवा भएको भन्दै अझै पनि सरुवा हुने बताउनुभएको छ ।

तपाईंको बिचार