Thursday, November 23, 2017

संविधान संशोधन विद्येयकको अर्थ छैन :उपेन्द्र यादव

प्रकाशित मिति: 2017/01/26

माघ १३, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक काम नलाग्ने भएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सघीय गठवन्धनका संयोजक यादवले भने, ‘संशोधन विद्येयक काम नलाग्ने छ, यो पारित गरेपनि वा नगरेपनि काम लाग्ने छैन, यसले समस्याको निकास दिँदैन ।’ उनले सबै राजनीतिक दलले एक अर्काको समस्या बुझेर समन्वयात्मक बाटो खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । यादवले संविधान संशोधनले नै मुलुकले निकास पाउने भएकोले यसमा एमाले बाधक बन्न नहुने जिकिर गरे ।

फोरम अध्यक्ष यादवले स्थानीय तह पुनसंरचना आयोगले अघि सारेको प्रतिवेदन स्विकार्य नभएको बताए । 

तपाईंको बिचार