Wednesday, June 28, 2017  |    

व्यक्तित्व सुर्धान मन छ ? रोज्नुस ठमेल फिट्नेस

प्रकाशित मिति: 2017/01/26

माघ १३, काठमाडौं । ठमेलको पक्नाजोल रोडमा अवस्थीत ठमेल फिजिकल फिट्नेसको लोकप्रियता बढ्दै गएको छ ।

यसअघि ठमेल मलमा रहेको फिटनेस अहिले सरस्वती स्कुलको छेउमा स्थापना भएको छ । स्वदेशी तथा बिदेशी शारिरीक सुगठनमा रुची भएका व्यक्तिहरुको पहिलो रोजाईमा ठमेल फिजीकल फिट्नेस देखीएको छ ।

प्रत्येक दिन बिहान ६ बजेदेखी बेलुकी ८ बजेसम्म सञ्चालन हुने यस फिट्नेसमा बिभिन्न छुट प्याकेज समेत उपलब्ध गराईएको छ ।

फिट्नेस सञ्चालक विश्व पुरीले गन्तव्य नेपालसँग कुराकानी गर्दै स्वस्थ समाज निर्माणका लागि स्वस्थ शरीर भन्ने अवधारणाका साथ फिटनेस स्थापना गरिएकोे बताउनुभयो ।

१८ बर्षदेखी निरन्तर रुपमा सञ्चालन हुँदै आएको उक्त फिट्नेसमा दक्ष, अनुभवी प्रशिक्षकहरुबाट फिटनेस, जुम्बा, कार्डियो लगायतका सुबिधाहरु पारिवारीक बातावरणमा उपलब्ध गराईएको पुरीले जानकारी दिनुभयो ।

सामान्य फिटनेस प्याकेज अन्र्तगत मासिक १५ सयदेखी बार्षिक १५ हजारको प्याकेज उपलब्ध गराईएको छ । जसमा रुची भएका तर आर्थिक कमजोर भएकाहरुका लागि बिशेष छुटको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो । पर्यटन क्षेत्र सम्बन्धीत व्याक्तिहरुलाई बिशेष छुटको समेत व्यवस्था छ ।

स्वदेशी तथा बिदेशी पर्यटकहरु समेतको पहिलो रोजाईमा ठमेल फिट्नेस रहने गरेको भन्दै पुरीले आफुहरु उत्साहित रहेको बताउनुभयो ।

तपाईंको बिचार