Wednesday, May 24, 2017  |    

देशभरी हल्का वर्षा, मौसमविद भन्छन, अब जाडो सकियो

प्रकाशित मिति: 2017/01/27

माघ १४, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा हल्का पानीसमेत परेको छ । उच्च हिमाली भेगमा हिमपात भएको छ ।

पानी र हिमपातका कारण केही चिसो महसुस भए पनि अब जाडो हराउने मौसमविदको दाबी छ ।
उपत्यका लगायत दिपायल, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ लगायत जिल्लाहरुमा शुक्रबार बिहानैदेखि पानी परिरहेको छ ।
पश्चिम र मध्य नेपालको तुलनामा पूर्वी नेपालमा भने मौसममा कम बदली भएको छ । तर, पूर्वी भेगमा पनि बिस्तारै मौसम बदली हुँदै जाने, पानी पर्ने र उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमान गरिएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । भोलिबाट मौसममा क्रमिक सुधार आउने उनको भनाई छ ।

तपाईंको बिचार