Thursday, June 29, 2017  |    

कुनै हालतमा चुनाव रोकिँदैन :प्रधानमन्त्री

प्रकाशित मिति: 2017/01/29

माघ १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारीबारे छलफल भएको छ । प्रमुख आयुक्त यादवले चुनावसम्वन्धी विधेयकहरु पाउनासाथ आयोगले आफ्नो कामलाई तीव्र पार्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले वैशाख अन्तिमसम्म चुनाव गर्ने तयारी भइरहेको भन्दै कुनै हालतमा चुनाव नरोकिने बताए । उनले सरकार चुनावको मिति घोषणाको तयारीमा रहेको समेत बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तपाईंको बिचार