Friday, April 28, 2017  |    

सरकारले सत्य निरुपण र बेपत्ता आयोगको म्याद थप्ने

प्रकाशित मिति: 2017/01/30

माघ १७, काठमाडौं । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले १० वर्षे सशस्त्र द्वन्द्व व्यवस्थापनका लागि गठन गरिएका वेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने गृहकार्य थालेको छ ।

मन्त्रालयले दुवै आयोगको म्याद थपको प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गर्न आन्तरिक तयारी गरेको मन्त्रालयका प्रवक्ताले बताए । 

सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्यहरु पनि आयोगको म्याद एक वर्ष थप गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । यसअघि आयोगका सदस्यहरुवीच आयोगको म्याद थप्ने कि नथप्ने भन्नेमा विवाद चर्किएको थियो । आयोगका एक सदस्यका अनुसार सबै सदस्यहरु आयोगको म्याद बढाउने निष्कर्षमा पुगेको र त्यस्तो प्रस्तावका लागि गृहकार्य भइरहेको बताए । केही दिनमै मन्त्रालयमा म्याद थप गर्न आग्रह गर्दै प्रस्ताव पठाएको छ । 

१० वर्षे सशस्त्र द्वन्द्वकालमा वेपत्ता पारिएका व्यक्तिहरुको छानविन गर्न गठित आयोगले भने यसअघि नै म्याद थपका लागि शान्ति मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ । वेपत्ता आयोगले एक वर्ष म्याद थप गर्न माग गरेको छ । उक्त प्रस्तावमा एक वर्षमा कसरी काम गर्ने भन्ने कार्ययोजना समेत समेटिएको छ ।

आयोगमा परेका उजुरीको संख्या, अहिलेसम्म भएका काम र बाँकी काम कसरी गर्ने भन्ने कार्ययोजनासहित प्रस्ताव पेश भएको छ ।

तपाईंको बिचार