Thursday, March 23, 2017  |    

लेखा समितिको सभापतिमा डोरप्रसाद

प्रकाशित मिति: 2017/01/30

माघ १७, काठमाडौं । ब्यवस्थापिका संसद लेखा समिति सभापतिमा कांग्रेस–माओवादीका संयुक्त उम्मेदवार डोरप्रसाद उपाध्याय विजयीभएका छन् ।  उपाध्यायले २३ मत लिई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका पशुपति चौलागाईले १६ मत ल्याएका थिए । सभापतिका लागि भएको मतदानमा ३९ मत खसेको थियो ।

लेखा समितिमा नेपाली कांग्रेस र एमालेका १५/१५ सदस्य छन् भने माओवादी केन्द्रका ७ सदस्य छन्। त्यस्तै राप्रपाका दुई र अन्य साना दलका १० सदस्य छन्। लेखा समिति ५१ सदस्य हुने व्यवस्था छ। राप्रपाका दिनेश श्रेष्ठ र भाष्कर भद्राले सत्तारुढ गठबन्धनको विपक्षमा मतदान गरेका थिए ।

माओवादी नेता जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि सार्वजनिक लेखा समिति सभापति पद रिक्त थियो । कपिलवस्तुको गजेहडाका उपाध्याय समानुपातिक सांसद हुन् ।

तपाईंको बिचार