Friday, October 20, 2017

घुससहित यातायात व्यवस्था कार्यालयका लेखापाल पक्राउ

प्रकाशित मिति: 2017/01/31

माघ १८, सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुससहित एकजनालाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल भूपेन्द्र कटुवाल सेवाग्राहीसँग ४० हजार घुस लिँदा लिँदै पक्राउ परेका हुन् ।

इटहरीमा रहेको कार्यालय नजिकैको चियापसलमा सेवाग्राही दिपक थापा र भूपेन्द्र कटुवालसँग चार पाङ्ग्रे गाडीको लाइसेन्स बनाइदिन्छु भन्दै २०–२० हजार रुपैयाँ लिँदै गरेका थिए ।

तपाईंको बिचार