Thursday, March 23, 2017  |    

उद्धारको दायरा फराकिलो

प्रकाशित मिति: 2017/01/31

माघ १८, काठमाडौं । हिमालय उद्धार संघले विभिन्न हिमाल चढ्नजाने आरोहिहरुको लागि आपत्कालिन अवस्थामा उद्धार र प्राथमिकउपचार गर्दै आएकोमा उद्धारको क्षेत्र र अवस्था फराकिलो भएको अवस्थामा संघ अब हिमालमै मात्र सिमित रहन सक्दैन । हिमालिक्षेत्रमा मात्र नभई देशका कुनैपनि क्षेत्रमा आपतकालिन अवस्था आईपरेमा  उद्धारमा खटिनुपर्ने अभिभारा समेत थपिएको छ ।

संघले आगलागि र भुकम्प जस्तो आपतकालिन अवस्थामा गरिने उद्धारको प्रयोगात्मक तालिम समेत सञ्चालन गरेको जानकारी संघको अध्यक्ष डि.वि. अधिकारिले दिनु भयो ।

हिमाली क्षेत्रमा दुई सिजन अर्थात् मार्च–मई र सेप्टेम्वर–नोवेम्वर आरोहणको समय भएको हुँदा डाक्टरहरुलाई सोहि क्षेत्रमा वस्ने व्यवस्था मिलाईएको भएता पनि स्थानिय स्वास्थ्यकर्मिहरुलाई समेत प्राथमिक उपचारको तालिम दिने गरिएको वताउनु भयो । आज यो प्रतिनिधि हिमाल उद्धार संघ पुग्दा मनाङ्गस्थित उच्च हिमालीभेगका सर्व साधारणहरु प्रार्थमिक उपचार तालिममा सहभागि भईरहेका थिए ।

अध्यक्षका अनुसार मनाङ्गस्थित भवन भुकम्पले क्षतिग्रस्त भएकोहुँदा भुकम्प प्रतिरोधी भवन वनाउन दाताहरुवाट रु ३०लाख प्राप्त भएको र जापानी संस्थाले काठमाडौका लागि ३थान दमकल र महानगरपालिकाले उपलव्ध गराएको स्थानमा सभाहल सहितको भवन वनाई दिने सम्झौता समेत भइसकेको जानकारि दिनुभयो ।

तपाईंको बिचार