Monday, December 11, 2017

स्थानीय तहको चुनाव बैशाखमा, बिहीबारको क्याबिनेटमा प्रस्ताव लगिँदै

प्रकाशित मिति: 2017/02/01

माघ १९, काठमाडौं । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकबाट आगामी बैशाखमा स्थानीय तहको निर्वाचन घोषणा हुने संकेत देखिएको छ ।

विहीबारको क्याबिनेटले चुनाब हुने गतेचाँहि नतोक्ने उच्च स्रोतले बतायो । चुनावको तयारीका लागि निर्वाचन आयोगलाई पत्र लेखिएपनि मितिको घोषणा भने आयोग र राजनीतिक दलसँग समझदारी गरेर केही सातापछि मात्रै तोकिने छ ।
मधेसी मोर्चालाई सहमतिमा ल्याउन बाँकी नै रहेकाले गते नतोकिने बुझिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गतेसमेत तोकेर मिति घोषणा गर्न आग्रह गर्दै आएको भए पनि मधेसी मोर्चाको भावनालाई समेत समेटेर उनीहरुको सहमतिमा मात्रै चुनावको गते तय गर्ने प्रधानमन्त्रीको भनाइ उधृत गर्दै स्रोतले बतायो ।

 

तपाईंको बिचार