Friday, April 28, 2017  |    

निषेधको राजनितिले समाधान दिदैन : मन्त्री केसि

प्रकाशित मिति: 2017/02/02

काठमाडौं । सहरि विकास मन्त्री अर्जुन नरसिंह केसीले संविधानका श्रस्टा कांग्रेस, एमाले र माओवादिले सत्ता र प्रतीपक्षको भावना नलिई मधेशि मोर्चालाई समेत बिश्वासमा लिएर संविधान कार्यान्वयनमा लाग्नुपर्ने धारणा ब्यक्त गर्नुभएको छ । एकले अर्कालाई निषेध गरेर समस्या समाधान नहुने भएकाले सबैको सह–अस्तित्व कायम रहने गरि सहमतिपुर्ण निकास निकाल्न सरकार प्रतिबद्ध रहेको समेत मन्त्री केसिको भनाई थियो ।

रिपोर्टस क्लबमा आयोजित पुरिचन्द्र देवकोटा लिखित कर्णाली दर्पण पुस्तक बिमोचन समारोहमा मन्त्री केसिले सरकार सहमति जुटाएर जेठको पहिलो साता स्थानिय निकायको निर्वाचन गर्ने तयारीमा रहेको समेत स्पष्ट पार्नुभयो । समयमै निर्बाचन नभए त्यसबाट सिर्जना हुने राजनीतिक र संबैधानिक संकटलाइ कसैले पनि नजरअन्दाज गर्ननहुने वताउँदै मन्त्री केसिले कुनै एक पक्षलाई निषेध गरेर गरिने निर्वाचनले सकारात्मक परिणाम दिन नसक्ने आफ्नो स्पष्ट मान्यता रहेको समेत वताउनुभयो ।

त्यसै क्रममा मन्त्री केसिले कर्णालीको एकीकृत विकासमा जोड दिदै कर्णालीका जनताको चाहना र आवश्यकता अनुसार विकास योजनाहरु तय गरिनुपर्ने वताउनुभयो ।

कार्यक्रममा सांसद ललितजंग शाहि, साहित्यकार डा.नवराज लम्साल, रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला, पुस्तकका लेखक पुरीचन्द्र देवकोटा लगायतले मन्तब्य राख्नुभएको थियो ।

तपाईंको बिचार