Friday, June 23, 2017  |    

नेपाल टेलिकमका प्रिपेड मोबाइलमा शनिबारबाट फोर –जी

प्रकाशित मिति: 2017/02/03

माघ २१, काठमाडौं । नेपाल टेलिकमले भोलि शनिबारदेखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोरजी सेवा दिने भएको छ । पोष्टपेडमा फोरजी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले फोरजी सेवा दिन लागेको हो । काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई मात्र यो सेवा उपलब्ध हुनेछ ।

गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोरजी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वार्षिक उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो ।

 

 

तपाईंको बिचार