Sunday, June 25, 2017  |    

प्रधानमन्त्रीले भारतीय औसधी खाएर देशको स्वाभिमान गिराए :खनाल

प्रकाशित मिति: 2017/02/05

माघ २३, चितवन । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको औसधी खाएर देशको स्वाभिमान कमजोर बनाएको बताएका छन ।
आईतबार नेकपा एमाले चितवनले पार्टी कार्यालय मदनपुरमा आयोजना गरेको पार्टी कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता खनालले माओवादी केन्द्र र अहिलेको सरकारले देशलाई जातिय क्षेत्रिय, भाषिक एकतालाई कमजोर बनाउदै अन्ततः बिखण्डनमा लैजान खोजेको टिप्पणी गरे ।
सरकार निर्वाचन गर्न र गराउनका लागि गठन नै नभएको भन्दै खनालले संविधान जारी गर्न नदिने तत्वको योजना पुरा गर्न संविधान कार्यान्वयनमा भाँजो हाल्नका लागि नै यसको रचना गरिएको बताए ।

माघ ७ गते भित्र ३ तहको निर्वाचन गर्न नसके देशमा लोकतन्त्र, संविधान र राजनीतिक व्यवस्था नै संकटमा पर्ने भन्दै नेता खनालले भने, ‘संविधान कार्यान्वयन गर्ने बेलामा संशोधनको हौवा झिकेर देशलाई दीर्घकालिन द्वन्द्वमा लैजाने प्रयास भैरहेको छ ।
हिन्दी भाषा कहिल्यै पनि नेपालको राष्ट्रिय भाषा हुन नसक्ने भन्दै यहाँका मौलिक भाषा भोजपुरी, मैथिली, अवधी र थारु भाषा मास्ने षडयन्त्र गरिएको बताए ।

 

तपाईंको बिचार