Saturday, June 24, 2017  |    

सत्य निरुपण आयोगको म्याद थप्न प्रस्ताव

प्रकाशित मिति: 2017/02/05

माघ २३, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले म्याद थपका लागि सरकार समक्ष प्रस्ताव गरेको छ ।
आयोगको आइतबार बसेको बैठकले म्याद थपका लागि शान्ति मन्त्रालयमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
यसअघि आयोगको म्याद थप्ने कि नथप्ने भन्ने विषयमा आयोगका सदस्यहरुबीच नै विवाद थियो ।
सशस्त्र द्वन्द्वकालीन घटना छानबिन गरी दोषिलाई कारबाही र पीडितलाई राहत सिफारिस गर्न गठन भएको आयोगको म्याद यही माघ २७ गते सकिँदै छ ।
वेपत्ता छानबिन आयोगले भने यसअघि नै एक वर्ष म्याद थपका लागि शान्ति मन्त्रालयमा प्रस्ताव पठाइसकेको थियो ।

 

तपाईंको बिचार