Friday, April 28, 2017  |    

तीन वर्षपछि जनतालाई बढी विद्युत खपत गरिदिनुपर्यो भन्ने पार्छौ :शर्मा, उर्जामन्त्री

प्रकाशित मिति: 2017/02/05

माघ २३, झापा । ऊर्जामन्त्री जनार्दन शर्माले आर्थिक विकासका माध्यमबाट नेपालको राष्ट्रियतालाई थप मजबुत पार्ने प्रस्ताव अघि सारेका छन् ।
उनले विद्युत उत्पादन बढाएर देशमा उद्योगधन्दा चलाउने र त्यसकै आधारमा राज्यलाई मजबुत बनाउँदै जाँदा राष्ट्रियता पनि आफैँ बलियो बन्दै जाने बताएका हुन् ।
झापा जिल्लाका नागरिकहरुसँगको छलफलमा मन्त्री शर्माले यस्तो प्रस्ताव राखेका हुन् । उनले नागरिकसँग भएको पैसा विद्युत उत्पादनमा खर्च गर्न आग्रह गरेका छन् ।
लोडसेडिङबारे चर्चा गर्दै मन्त्री शर्माले अहिले विद्युत अभाव भएपनि तीन वर्षपछि बढी विद्युत खपत गर्न नागरिकलाई आहृवान गर्र्ने अवस्था आउने बताएका छन् । तीन बर्षपछि आम नागरिकलाई विजुलीबाटै खाना बनाउन, सबै काममा सकेसम्म बिजुली प्रयोग गर्न अपील गर्ने स्थिति आउँछ ।
देशमा औद्योगिकरण गरी आर्थिक समृद्धिका लागि ऊर्जा विकासमा ध्यान दिएको मन्त्री शर्माको भनाइ छ । उनले भने, ‘विद्युत उत्पादनमा जोड दिँदै देशको हरेक कुनामा विजुली र्पुयाउने हो, यो अभियानमा तपाईहरुको साथ चाहिएको छ ।
यस्तै पाँच र १० बर्षपछि देशलाई उद्योग धन्दाका लागि कति बिजुली चाहिने हो त्यसका लागि पनि अध्ययन सुरु भइरहेको उनले बताएका छन् ।

 

तपाईंको बिचार