Monday, December 11, 2017

नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरिएको बच्चा भेटियो

प्रकाशित मिति: 2017/02/05

माघ २३, पर्सा । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएको शिशु तीन दिनपछि भेटिएको छ ।
वीरगन्ज उपमहानगरपालिका १ छपकैयाकी आशादेवी र मुकेश पासवानको बच्चा अस्पतालको शैयाबाटै गत शुक्रबार चोरी भएको थियो ।
उक्त बच्चा पर्साको बेल्वा ९ की लालसादेवी साहको साथबाट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि लालसादेवीलाई पक्राउ गरेको छ ।
बच्चालाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गराइरहेको प्रहरी उपरीक्षक गोविन्द शाहले जानकारी दिए ।

प्रहरी उपरीक्षक शाह नेतृत्वको टोलीले नै शिशुको उद्धार गरी नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएको हो ।

 

तपाईंको बिचार