Monday, October 23, 2017

मधेसी मोर्चासँग बार्ता जारी छ, जुनसुकै बेला चुनाबको मिति तोकिन्छ :प्रचण्ड

प्रकाशित मिति: 2017/02/08

माघ २६, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासमेतलाई समावेश गराएर चुनाव गर्नुपर्ने भएकाले मिति तोक्न नसकेको बताएका छन् ।
संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत नभएसम्म स्थानिय तहको निर्वाचन मिति घोषणा नगरिने भन्दै उनले भने, ‘तर, चुनावको मिति तोके बराबर छ ।’
प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने जानकारी दिए ।
क्याबिनेटबाट डिसिजन गरेर तयारी सुरु गर्नू भनिसकेपछि र वैशाख जेठभित्रै निर्वाचन गरिसक्नुपर्छ भनेपछि मिति तोके बराबर भएको दाहालको भनाई छ ।
उनले मधेसी मोर्चासँग वार्ता चलिरहेकाले कुनै पनि बेला मिति तोकिने समेत बताए ।

 

तपाईंको बिचार