Friday, October 20, 2017

प्रधानमन्त्री दाहाल र ओली नारायणकाजी निवासमा

प्रकाशित मिति: 2017/02/10

माघ २८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ ।
माओवादी नेता नारायणकाजी श्रेष्ठको पहलमा दुई नेताबीच श्रेष्ठ निवास ललितपुरमा करीव एक घण्टा छलफल भएको हो ।
एमाले उपाध्यक्ष भीम रावलसहित नारायणकाजी निवास पुगेका ओलीले दाहाललाई तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गरेर जनतालाई चुनाव हुन्छ भन्ने विश्वास दिलाउन आग्रह गरेका थिए । दाहालले भने सरकार निर्वाचन गराउने तयारीमा रहेको भन्दै त्यसअघि संविधान संशोधन टुंग्याउदा मधेशमा सहज वातावरण हुने जवाफ दिएका थिए ।
ओलीसँगै वार्तामा सहभागी रहेका एमाले उपाध्यक्ष रावलले बोलेर होइन मिति तोकेर व्यवहारमै चुनावप्रतिको इमान्दारिता देखाउन दाहाललाई आग्रह गरिएको बताए ।
छलफल मुख्यतः निर्वाचनकै विषयमा केन्द्रित रहेको तर, प्रधानमन्त्रीबाट प्रष्ट प्रतिबद्धता नआएको रावलले बताए ।

 

 

तपाईंको बिचार