Friday, June 23, 2017  |    

सिराहाको मिर्चैयामा वाइसीएल नेतामाथि गोली प्रहार

प्रकाशित मिति: 2017/02/12

फागुन १, लहान । सिराहाको मिर्चैयामा अज्ञात समुहले माओवादी कार्यकर्तामाथि गोली प्रहार गरेको छ । माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खानलाई गोली लागेको हो ।

सिराहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठका अनुसार वाइसीएल नेता खानलाई अज्ञात समुहले भरुवा बन्दुकबाट गोली हानेको थियो । खानको टाउकोमा केही छर्रा लागेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जनाएका छन् ।
घाइते खानको मिर्चैयाको मंगलम् अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

 

 

तपाईंको बिचार