Monday, December 11, 2017

सर्बोच्चको आदेश : जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर

प्रकाशित मिति: 2017/02/12

फागुन १, काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सरकारले आइतबार विहान मात्र डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।
तर, त्यसको केही घन्टा लगत्तै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीकोे कार्यसम्पदन फाइल झिकाउन आदेश दिएको छ ।

अधिवक्ता भीमार्जुन आचार्यका अनुसार विपक्षीलाई झिकाउन पनि आदेश दिइएको छ ।

 

तपाईंको बिचार