Sunday, November 19, 2017

कार्यवाहक आइजीको जिम्मेवारी सिलवालले पाउने

प्रकाशित मिति: 2017/02/13

फागुन २, काठमाडौं । आइजी उपेन्द्रकान्त अर्यालले आज अवकाश पाएसँगै डिआइजी नवराज सिलवालले कार्यवाहक आइजीको जिम्मेवारी पाउने भएका छन् ।

सोमबार अपराह्न प्रहरी प्रधान कार्यालयमा आइजी अर्यालले सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी सुम्पिने छ । सिलवाललाई कार्यवाहक जिम्मेवारी दिएपछि आइजी अर्याल र बहाल भएका सबै एआईजीहरुले प्रहरी सेवाबाट आजैदेखि अनिवार्य अवकाश पाउँदै छन् । सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी दिने कार्यक्रममा प्रहरीका सबै वरिष्ठ अधिकृतहरु उपस्थित हुने भएका छन् ।

यसअघि आइतबारको मन्त्रीपरिषद्ले तेस्रो वरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीमा नियुक्ति गर्ने निर्णय गरेपनि त्यसको केही घण्टामै सर्वोच्च अदालतले चन्दलाई आइजी नबनाउन सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

तपाईंको बिचार