Friday, October 20, 2017

प्राधिकरणका सीईओ पोखरेललाई काम गर्न रोक्नु पर्दैन : सर्बोच्चको आदेश

प्रकाशित मिति: 2017/02/14

फागुन ३, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई काम गर्न बाटो खुला गरेको छ ।
पोखरेलको नियुक्तिविरुद्ध तत्कालीन सीईओ सुशील ज्ञवालीले सर्वोच्चमा रिट दायर गरेका थिए । प्रारम्भीक सुनुवाईपछि अन्तरिम आदेश नदिएको सर्वोच्चले दुई पक्षको बहसपछि पनि पोखरेलको माग अनुसार अन्तरिम आदेश दिएन ।
न्यायाधीश जगदीश शर्मा पौडेल र हरिकृष्ण कार्कीको इजलासले ज्ञवालीले माग गरे अनुसार डा. पोखरेललाई काम गर्न रोक लगाउनु नपर्ने भनेको छ । तर, रिटलाई अग्राधिकार दिन अर्थात प्राथमिकतामा राख्न भनेको सर्वोच्चले जनाएको छ ।

अब यो मुद्दाको अन्तिम टुंगो नलागेसम्म पोखरेल नै प्राधिकरणको सीईओ हुनेछन् ।

 

तपाईंको बिचार