Monday, July 24, 2017  |    

पारिवारिक आनन्दको स्फुर्ति फेसबुक रोधीघरको शुभारम्भ

प्रकाशित मिति: 2017/02/14

फागुन ३, काठमाण्डौ । नेपालीहरुको संगीतप्रतिको मोह र मनोरञ्जनको चाहनालाई पुरा गर्ने उदेश्यका साथ फेसबुक रोधी दोहोरी साँझ सोमबारबाट शुभारम्भ भएको छ ।
काठमाण्डौको गंगबु बसपार्कस्थीत बिजीमलको ठिक अगाडि रहेको उक्त रोधीघरमा राष्ट्रिय कलाकारसहितको १२ जना टोली रहेको छ भने रोधीघरको सेवासुबिधालाई अत्यन्त चुस्त दुरुस्त बनाउनको लागि २५ जना दक्ष कर्मचारी ग्राहकहरुको सेवामा समर्पित छन ।
करिब १ सय जनाको क्षमतासहितको दोहोरी हल, साउण्डप्रुफ सहितको स्वच्छ बातावरण रहेको छ ।
फेसबुक दोहोरीका सञ्चालकमा रामजी श्रेष्ठ, राम भण्डारी र पुष्प श्रेष्ठ रहेका छन ।
गन्तव्य नेपालसँग कुराकानी गर्दै सञ्चालक रामजी श्रेष्ठले नेपाली संस्कृतिको जर्गेना गर्न र नेपालीहरुको मनोरञ्जन प्रतिको मोहलाई ध्यानमा राख्दै सुबिधासम्पन्न रोधीघरको शुभारम्भ गरिएको बताए ।
उनले यसलाई पारिवारिक बाताबरण र आनन्ददायक स्फुर्तिको रुपमा समेत अथ्र्याए ।

 

तपाईंको बिचार