Sunday, November 19, 2017

तीन निर्वाचन आयुक्त राष्ट्रपतिद्वारा नियुक्त

प्रकाशित मिति: 2017/02/16

फागुन ५, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले तीन निर्वाचन आयुक्त नियुक्त गरेकी छन् । संबैधानिक परिषदको सिफारिस संसदीय सुुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले आयुक्तहरु नियुक्त गरेका हुन् ।

नवनियुक्ति निर्वाचन आयुक्तहरुमा पूर्व प्रशासकहरु नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह छन् । उनीहरुको सपथ विहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुनेछ । लगत्तै जमलस्थित बहादुर भवनमा पुगेर पदभार ग्रहण गर्ने छन् । सरकारले जेठमा स्थानीय निकायको चुनाव गर्ने तयारी गरेको छ ।

तपाईंको बिचार