Sunday, March 26, 2017  |    

सरकारले भन्यो–२० वर्ष नाघेपनि निजी र सरकारी गाडी हट्दैनन

प्रकाशित मिति: 2017/02/17

फागुन ६, काठमाडौं । सरकारले फागुन १८ गतेबाट २० वर्ष पुराना गाडी सडकबाट हटाउन लागेको विषय चर्चामा छ । यसैका कारण धेरैले निजी सवारी पनि हट्ने ठानेका छन् । तर, यातायात ब्यवस्था विभागले तत्काल निजी सवारीलाई २० वर्ष पुगकै आधारमा नहटाइने स्पष्ट गरेको छ ।

अहिले २० वर्ष नाघेका कालो नम्बर प्लेटका सार्वजनिक सवारी मात्रै हटाउन लागिएको जानकारी विभागले दिएको छ । २० वर्ष नै पुगेपनि प्रदुषण जाँच पास भएका निजी सवारीलाई तत्काल कवाडीमा लैजान बाध्य नपारिने विभागका प्रवक्ता डा. टोकराज पाण्डे बताउँछन् ।
‘तत्काल निजी गाडीको हकमा यो निर्णय लागू हुँदैन । सरकारले २० वर्ष पुगेका निजी गाडी हटाउने निर्णय नै गरेको छैन’ उनले भने ।
यसैगरी गरी पहेँलो र सेतो नम्बर प्लेटका सार्वजनिक संस्थान र सरकारी गाडीलाई पनि रोक्ने कुनै योजना नरहेको विभागले स्पष्ट गरेको छ । अहिले सार्वजनिक संस्थान र सरकारी निकायका धेरै गाडी सडकमा गुड्छन् । यसलाई हटाउने विषयमा सरकारले बोलेको छैन ।

 

तपाईंको बिचार