Friday, October 20, 2017

निर्वाचन नगराउने भए प्रधानमन्त्रीले पदमा बस्नुको अर्थ छैन :योगेश भट्टराई

प्रकाशित मिति: 2017/02/17

फागुन ५, भक्तपुर । नेकपा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले निर्वाचन गर्न नसक्ने भए पदमा बस्नुको औचित्य नभएको बताएका छन् ।
रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता भट्टराईले संविधान निर्माण गर्ने मुख्य राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
संविधान घोषणा गर्ने मुख्य राजनीतिक शक्तिबीचको समझदारीबाट अगाडि बढ्नुपर्ने खाँचो औल्याउँदै त्यसो नभए सरकारलाई एक मिनेट पनि पदमा बस्ने नैतिक आधार नभएको भट्टराईको भनाई छ ।
नेता भट्टराईले सरकारले संसदमा पेश गरेको संविधान संशोधनको प्रस्ताव मृत अवस्थामा पुगिसकेको दावी गरे । उनले संविधान संशोधनको विषयमा एमालेको आपत्ति नभएपनि अहिलेको अवस्थामा यो देशको आवश्यकता नभएको धारणा राखे ।

 

तपाईंको बिचार