Thursday, June 29, 2017  |    

प्रधानमन्त्रीको व्यस्तता : पुराण उद्घाटन गर्न हेलिकोप्टरमा सयर !

प्रकाशित मिति: 2017/02/19

फागुन ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सिराहामा आयोजना गरिएको सप्ताह पुराणको उदघाटन गर्न पुगेका छन ।
अबदेखि रिबन काट्ने काममा जान्न भनेर प्रतिवद्धता जनाएका प्रधानमन्त्री दाहाल कांग्रेस नेता प्रदीप गिरीको आग्रहमा सिराहा पुगेको स्रोतले बताएको छ । गिरीले यसमा आफूलाई नमुछ्न आग्रह गरे । ‘गाउँका केटाहरुले पुराण उद्घाटनका लागि प्रधानमन्त्रीलाई भनिदिनुर्पयो भने, मैले प्रधानमन्त्रीलाई भनिदिएँ । म त माध्यम मात्रै हुँ, म आफूले पुराण लगाउन लागेको होइन, उनले भने ।
सांसद गिरीले पुराणजस्तो विषयमा समाचार लेखिरहन जरुरी नभएको बताए । उनले भने, म फर्केर आएपछि पुराण के हो भन्नेबारे आर्टिकल लेखौंला ।’
पुराण उदघाटनका लागि निम्तो दिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले प्रदीप गिरीलाई भनेका थिए, ‘आ.. त्यस्तो कार्यक्रममा पनि जाने र ?’ गिरीले पुराणको महत्वबारे बताएपछि प्रधानमन्त्री राजी भएका थिए ।
घुमघाममै व्यस्त प्रधानमन्त्री
प्रधानमन्त्री दाहाल महत्वपूर्ण कामहरुमा भन्दा पनि घुमघाम र उदघाटनमा रमाउन थालेका छन् । शुक्रबार प्रचण्ड हेलिकोप्टर चढेर रोल्पा महोत्सवमा पुगेका थिए ।
चुनावको तयारीका लागि अहोरात्र खटिनुपर्नेमा प्रधानमन्त्रीले राजनीतिक सम्वाद एवं दैनिक कामहरु गर्नुभन्दा पनि जिल्ला महोत्सवदेखि पुराण उदघाटनसम्म समय खर्च गर्ने क्रम अरु बढेको छ ।

 

तपाईंको बिचार