Friday, October 20, 2017

प्रहरी महानिरीक्षक विवादमा सर्वोच्चमा बहस हुन सकेन

प्रकाशित मिति: 2017/02/19

फागुन ८, काठमाडौं । डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आइतबार बहस हुन सकेन ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको थियो । तर, प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि सुनुवाइ हुन सकेन ।
अब आजै म्याद तामेली हुने र मंगलबार बहस हुने रिट निवेदक कपिलदेव ढकालले बताए ।
ढकालले दायर गरेको रिटमा सर्वोच्चले चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र कार्यमूल्यांकन प्रतिवेदन तीन दिनभित्र बुझाउन भनेको थियो ।

 

तपाईंको बिचार