Saturday, June 24, 2017  |    

धमिलो पानीमा माछा मार्ने सपना पूरा हुन दिन्न :प्रधानमन्त्री

प्रकाशित मिति: 2017/02/20

फागुन ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार स्थानिय चुनाबको मिति घोषणा गर्ने बताएका छन । परिवर्तन उल्टाएर देशलाई अराजकतातिर लैजाने र धमिलो पानीमा माछा मार्ने सपना पूरा हुन नदिने उनले बताए ।

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)को महाधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री दाहालले एकैपटक गर्ने गरी स्थानीय चुनावको मिति घोषणा गर्ने बताए । साथै आगामी कात्तिक र मंसिरमा प्रदेश र केन्द्रको चुनाव एकसाथ हुने उनले बताए ।
संविधान संशोधन भएपछि मात्र चुनाव गर्नुपर्छ भन्ने र संशोधन गर्नै हुँदैन भन्ने दुबै अतिवाद सोच भएको भन्दै उनले सरकारले बीचको बाटो लिने बताए । संविधान संशोधन प्रक्रियागत रुपमा अघि बढ्ने भन्दै उनले भने, ‘संविधान कार्यान्वयन पहिलो कुरा हो । त्यसका लागि आज म निर्वाचन घोषणा गर्दैछु ।’ उनले चुनावको तयारी गर्न र सफल पार्न सबैलाई अपिल समेत गरे ।

 

तपाईंको बिचार