Thursday, September 21, 2017

जलबिधुतको बिकास हुन नसक्नुमा सरकारी कर्मचारी दोसी :उर्जामन्त्री

प्रकाशित मिति: 2017/02/20

फागुन ९, काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारी कर्मचारीहरुले जानाजान प्रक्रिया लम्बाइ दिने गरेकोले जलविद्युतको बिकास हुन नसकेको बताएका छन् ।
२ सय केभीको प्रशारण लाइन बनाउन १८ वर्ष लाग्ने, प्राविधिक अध्ययनहरुमै जानाजान ७ वर्ष लम्बाई दिने कर्मचारीको प्रवृतिले नै जलविद्युतको बिकास हुन नसकेको मन्त्री शर्माको भनाई छ ।
निजी क्षेत्र तत्काल निर्णय खोज्ने प्रवृत्तिको हुने तर कर्मचारीहरुले भने विधि प्रक्रियाको नाममा जानाजान ढिलाई गरिदिने गरेकोले नेपालमा जलविद्युतको सम्भावना भएर पनि विकास हुन नसकेको उनले आरोप लगाए ।
शर्माले आफू विद्युत् उत्पादन प्रक्रियाको क्रममा देखिएका सबै विधिगत समस्याहरु हटाउन लागि परेको बताएका छन् । उनले अहिले कुल गाहस्र्थ उत्पादनमा उर्जा क्षेत्रको योग्दान खोज्ने बेला नभएको पनि स्पष्ट पारेका छन् ।
उनले विद्युत् उत्पादन गर्न सकिएमा यही माग रहेको र जलविद्युत् क्षेत्रमा लगानी गर्न देशभित्रै पुँजी रहेको समेत बताए ।
यता, बैंकर अनिल केशरी शाहले भने जलविद्युत् कम्पनी निर्माण क्षेत्रको क्रममा प्रभावित बासिन्दालाई मुआब्जाभन्दा पनि सेयर दिर्नुपर्ने धारणा राखे । मुआब्जामा धेरै रकम खर्च हुने र यसले जलविद्युतको बिकास गर्न समस्या परेकोले सेयर दिँदा स्थानीयको पुँजी वृद्धि समेत हुने भएकोले यसो गर्नुपर्नेमा शाहले जोड दिए ।

 

तपाईंको बिचार