Thursday, March 23, 2017  |    

नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

प्रकाशित मिति: 2017/02/21

फागुन १०, काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ ।
सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो । हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिएको र नेपाल पनि खेल्न नपाउने भएपछि एसीसी इमर्जिङ कपमा पाँच टोलीको सहभागिता रहनेछ ।
तर, एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपालको अवसर गुमेको हो ।
प्रतियोगितामा अव भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ ।

 

तपाईंको बिचार