Monday, October 23, 2017

गन्तव्य नेपालको बार्षिक बिशेष कार्यक्रम भोली, आर्थिक समृद्धिको खोजी हुँदै

प्रकाशित मिति: 2017/02/21

फागुन १०, काठमाण्डौ । गन्तव्य नेपाल गु्रपले आफ्नो बिशेष बार्षिक कार्यक्रम अन्र्तगत मुलुकको आर्थिक समृद्धिलाई सार्थकता तुल्याउन तथा दिर्घकालिन पर्यटन योजना नितीनिर्माण गर्नुपर्ने व्यावसायिक आवाजलाई मध्यनजर गर्दै भोली फागुन ११ गते होटल मनाङमा बिशेष कार्यक्रम गर्ने भएको छ ।

आर्थिक समृद्धिका लागि पर्यटन’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नयाँशक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईको प्रमुख आथित्यतामा सञ्चालन हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा रहेर सामाजिक सेवामा सक्रिय पर्यटन व्यावसायी सम्मान, पत्रकार पुरस्कार प्रदान र पर्यटन क्षेत्रका संघसंस्थाका हालै नवनिर्वाचीत कार्यसमितीलाई बधाई तथा शुभकामना प्रदान गरिनेछ । यसका साथै सामाजिक क्षेत्रमा सक्रिय युवा क्लबहरुलाई खेलकुद सामाग्री प्रदान गरिने गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारीले बताउनुभयो ।
कार्यक्रममा नयाँशक्ति नेपाल पार्टीका संगठन बिभाग प्रमुख देबेन्द्र पौडेल, प्रचार बिभाग प्रमुख खिमलाल देबकोटा, नेकपा एमाले पर्यटन बिभाग प्रमुख सुर्य थापा, नेकपा माओबादी केन्द्र पर्यटन बिभाग प्रमुख लोकेन्द्र बिष्ट, नेपाली कांग्रेस पर्यटन बिभाग लगायत पर्यटन क्षेत्रका संघसंस्थाका लब्ध प्रतिष्ठीत व्यक्तित्व, पर्यटन व्यावसायी तथा पत्रकारहरुको उलेख्य सहभागिता हुने आयोजकले जनाएको छ ।

 

तपाईंको बिचार