Thursday, March 30, 2017  |    

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक

प्रकाशित मिति: 2017/02/21

फागुन १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचन लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।
सर्वदलीय बैठक मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
लामो समयसम्म स्थगित भएको व्यवस्थापिका संसदको बैठक मंगलबार पनि सूचना टाँस गरेर स्थगित भएलगत्तै प्रधानमन्त्रीले सर्वदलीय बैठक गर्न लागेका हुन् ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । बैठकमा प्रचण्डले चुनावको मिति घोषणा भइसकेकाले अब चुनावमा होमिन आआफ्ना पार्टीका सबै कमिटीहरुलाई निर्देशन जारी गर्न आग्रह गर्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो ।

 

तपाईंको बिचार