Wednesday, September 20, 2017

मधेसी मोर्चाको बन्दले जनजिबन प्रभावित

प्रकाशित मिति: 2017/02/22

फागुन ११, काठमाडौं । स्थानिय तहको निर्वाचन घोषणाको विरोध गर्दै मधेसी मोर्चाले आहृवान गरेको बन्दका कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण विभिन्न जिल्लामा लामो तथा छोटो दुरीका ठूला सवारी साधनहरु चलेका छैनन् भने उद्योग कलकारखाना पनि ठप्प छन् ।
बेलहिया नाका हुँदै नेपाल आउने यात्रुहरु नाकामा अलपत्र परेका छन् ।
मधेसी मोर्चा सप्तरीले विज्ञप्ति निकालेर एम्बुलेन्स, विवाहका गाडी साथै दूध बोक्ने गाडी चल्न दिने बताएको छ ।

 

तपाईंको बिचार