Friday, June 23, 2017  |    

नवलपरासीको धौवादीमा फलाम खानीको संभाव्यता अध्ययन सुरु

प्रकाशित मिति: 2017/02/27

फागुन १६, काठमाडौं । नवलपरासीको धौवादीमा फेला परेको फलाम खानीको उत्खननका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । गतवर्ष नवलपरासीको धौवादीको १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परेको थियो ।

यो खानीबाट कति परिमाणमा फलाम उत्खनन् गर्न सकिन्छ भन्नेबारे थप अध्ययन सुरु भएको हो । सरकारले धौवादी फलाम खानीका बारेमा दोस्रो चरणमा अध्ययन थालेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
अहिले विभागको विशेषज्ञ र प्राविधिकसहितको टोली धौवादीमा ब्यस्त छ । जसले धौवादीमा ड्रिलिङ गरेर फलामको उत्खनन् सम्भाव्यता र त्यसको परिमाण एकीन गर्ने काम गर्दैछ ।
पहिलो चरणमा गरिएको अध्ययनमा त्यहाँ दुई करोड टनको फलाम खानी रहेको पुष्टि भइसकेको छ । नवलपरासीको पूर्वमा धौवादी र पश्चिममा देउराली गाविसको नाम्जाकोट हुँदै दक्षिणमा रुम्से र उत्तरमा नरमको ल्हापेसम्म फलाम खानी भेटिएको छ ।

तपाईंको बिचार