Wednesday, March 29, 2017  |    

रामेछाप केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्पको धक्का

प्रकाशित मिति: 2017/02/27

फागुन १६ काठमाडौं । सोमबार विहान ४५ मिनेटको अन्तरमा लगातार दुई भूकम्पको धक्का गएको छ । भूकम्पको केन्द्रविन्दु भने रामेछाप छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ९ बजेर २२ मिनेटमा ४.६ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसको ४५ मिनेटमा रामेछापलाई नै केन्द्र बनाएर ४.७ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।
भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो २०७२ बैशाख १२ गते गोरखा भूकम्पकै पराकम्प हो । उनका अनुसार गोरखा भूकम्पपछि चार रेक्टरमाथिका ४७८ वटा पराकम्प मापन भएको छ ।

 

तपाईंको बिचार