Friday, April 28, 2017  |    

गोरखाको द्रव्यशाह क्याम्पसमा बिष्फोट

प्रकाशित मिति: 2017/02/27

फागुन १६, गोरखा । स्ववियु चुनाव आउन दुई दिन बाँकी हुँदा गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पस हाताभित्र बम बिस्फोट भएको छ ।

गोरखा नगरपालिका ८ लक्ष्मीबजारमा रहेको क्याम्पसमा सोमवार विहान करिब साढे ११ बजे बिफोष्ट भएको हो ।
क्याम्पसको पूर्वपट्टि रहेको पुस्तकालय भवन नजिकै बिष्फोट भएको प्रहरीले जनाएको छ । बिष्फोट भएको स्थलमा सुतरी डोरी र केही बारुद भेटिएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । 
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी जनकराज पाण्डेयले बताए ।

तपाईंको बिचार