Monday, July 24, 2017  |    

ट्राफिकलाई यातायात व्यवस्था विभागको निर्देशन, २० वर्षे पुरानो गाडिलाई कारबाही गर्नु

प्रकाशित मिति: 2017/02/28

१७ फागुन, काठमाडौं । यातायात व्यवस्था विभागले २० वर्ष पुराना भाडाका गाडीहरु भोलिबाट सडकमा देखिए कारबाही गर्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई पत्राचार गरेको छ ।

२० वर्ष पुराना गाडीहरुमा यात्रा गर्दा जोखिम हुने र प्रदुषण पनि बढ्ने भएकाले सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै सरकारले गरेको थियो । उक्त निर्णय बुधबारबाट पूर्णरुपमा कार्यान्वयनमा ल्याइँदैछ ।

यसअघिको निर्देशन बमोजिम भोलिबाट २० वर्ष पुराना गाडी सडकमा गुड्ने छैनन् । यदि गुडेको पाइए कारबाही हुनेछ ।

यसैबीच यातायात व्यवसायीहरुले २० वर्ष पुराना गाडी हटाउने निर्णय खारेजको माग गर्दै मंगलबार यातायात व्यवस्था विभागको कार्यालय घेराउ गरेका छन् ।

तपाईंको बिचार