Monday, October 23, 2017

स्ववियु चुनावबाट सभापतिमा पराजित भएपछि आत्महत्या

प्रकाशित मिति: 2017/03/02

फागुन १९, काठमाडौं । स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसकी स्ववियु सभापति उम्मेदवार रिमा क्षेत्रीले आत्महत्या गरेकी छिन्। 

नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियु सभापतिमा उम्मेदवारी दिएकी उनी पराजित भएकी थिइन्। मतपरिणाम आइसकेपछि २१ वर्षकी उनले झुन्डिएर आत्महत्या गरेको स्याङ्जा प्रहरीले जनाएको छ।

बुधबार भएको चुनावमा उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी प्रतिष्ठा कार्कीले विजय हासिल गरेकी छिन्। चुनावमा पराजित भए पनि उनले सामान्य रुपमा लिएन थिईन । मतपरिणामपछि उनी विजयी अन्य विद्यार्थी संगठनको जुलुसमा सहभागी थिइन्। 
 
आज बिहान परिवारका सदस्यसँग उनले सामान्य अवस्थामै कुराकानी गरेकी थिइन्। चिया खाएर बुवाआमा मेलापात गएपछि अबिर लागेकाले नुहाउँछु भन्दै बाथरुम छिरेकी थिइन्। बुवाआमा घर फर्केर आउँदा उनी मृत अवस्थामा फेला परेकी थिइन्। 

तपाईंको बिचार