Wednesday, June 28, 2017  |    

सप्तरी घटनाबारे अनुसन्धानका लागि सीडीओ र एसपीलाई काठमाडौं झिकाईयो

प्रकाशित मिति: 2017/03/07

फागुन २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका छन् ।

प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरेर सीडीओ उद्धवप्रसाद तिमल्सिना र एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाउन भनेका हुन । 
उनीहरुलाई फिर्ता बोलाइएको नभई राजविराज घटनाबारे जानकारी लिन बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सोमबार प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा सुरक्षाकर्मीले चलाएको गोलीबाट चार जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

तपाईंको बिचार