Monday, October 23, 2017

प्रधानमन्त्रीले मोर्चा नेतालाई वार्तामा बोलाए, समर्थन फिर्ता लिने मोर्चा उद्घोष

प्रकाशित मिति: 2017/03/07

फागुन २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेताहरुलाई वार्तामा बोलाएका छन् ।

सप्तरी घटनापछि मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ताको तयारी गरेको छ । यो जानकारी पाएपछि प्रधानमन्त्री दाहालले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर दिउँसो ३ बजे छलफलका लागि बोलाएका छन् ।

तर, मधेसी मोर्चाका नेताहरु छलफलमा नजाने सम्भावना छ । किनकी मधेसी मोर्चाले ३ बजे नै आफ्नो बैठक राखेको छ ।

सम्भवत यो बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक निर्णय गर्नेछ । सोमबार साँझको बैठकमा नै समर्थन फिर्ता लिने समझदारी भएको थियो ।

तपाईंको बिचार