Thursday, June 29, 2017  |    

स्थानिय समाजसेवी अधिकारीले पुर्याईदिए तारुकामा खानेपानी आयोजना

प्रकाशित मिति: 2017/03/09

फागुन २६, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको तारुकामा स्थानियलाई खानेपानीको सहज उपलब्ध गराउने उदेश्यले तारुकाघाट शिवालय खानेपानी आयोजनाको गन्तव्य नेपालका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारीले शिलन्यास गर्नुभयो ।

स्थानिय शिवालयथानमा प्रारम्भीक चरणमा २ करोडको लगानीबाट बन्न लागेको आयोजनामा त्रिशुली नदीबाट बोरिङ गरी पानी तानिनेछ ।
आयोजनाले तारुकाका अधिकांस भागहरुमा खानेपानीको सुबिधा पुग्नेछ । आयोजना शिलन्यास गर्दै स्थानिय समाजसेवी शिव अधिकारीले यस्ता आयोजना निकट भविश्यमा तारकेश्वर गाउँपालिका लगायत आसपास क्षेत्रमा लैजानको लागि पूर्ण रुपमा पहल गर्ने बताउनुभयो ।
उहाँले ग्रामिण ईलाकामा आमा समुह तथा क्लबहरुलाई सशक्तता दिनको लागि आवश्यक सहयोग गर्दै जाने बताउनुभयो ।
यसैक्रममा अधिकारीले तारकेश्वर गाबिस अन्र्तगतको बुधसिंह स्थीत खड्गभञ्याङमा युवा क्लबको शिलन्यास पनि गर्नुभएको छ ।
यससँगसँगै अधिकारीले तारुकाकै माझीगाउँमा आमासमुहहरुको भवननिर्माणको लागि जस्तापाता समेत बितरण गर्नुभयो । उक्त आयोजनाको संयोजन बरिष्ठ पर्यटन व्यावसायी तथा समाजसेवी मोहन लम्सालले गर्नुभएको हो ।

 


तपाईंको बिचार