Sunday, December 17, 2017

भारतीय एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु

प्रकाशित मिति: 2017/03/09

फागुन २६, कञ्चनपुर । कल्भर्ट निर्माणका विषययमा कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्र पुनर्वासमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाउँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। एसएसबीको गोली लागेर आनन्दबजार ६ का २० वर्षीय गोविन्द गौतमको मृत्यु भएको हो।

प्रदर्शनका क्रममा भारतीय एसएसबीले गोली चलाएको गोली लागेर गम्भीर घाइते भएका गौतमको धनगढीस्थित सिपी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

आनन्दबजार ६ का स्थायी बासीन्दा गौतमको कम्मरमा गोली लागेको थियो। पुनर्वासको दशगजा क्षेत्रमा कल्भर्ट बनाउन सिमेन्ट हालेर इटा छापेपछि भारतीय पक्षले दशगजा क्षेत्रभित्र पर्ने भएकाले त्यस्तो काम नगर्न भनेको थियो। तर सो ठाउँमा रहेको जंगे पिलर हराएकाले नेपाली पक्षले कल्भर्ट दशजगाभित्र नपर्ने भन्दै निर्माण थालेको थियो। सोही विषयमा बिहिबार बिहानैदेखि नेपाली पक्षले एसएसबीको ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका थिए । घटनास्थल धनगढीबाट २० किलोमिटरको दूरीमा पर्छ ।

तपाईंको बिचार