Friday, November 24, 2017

नेपालमा भारतीय नम्बर प्लेटका गाडी प्रवेशमा रोक

प्रकाशित मिति: 2017/03/10

फागुन २७, कञ्चनपुर । कञ्चनपुरमा भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ ।

जिल्लामा असहज परिस्थिति सिर्जनाहुँदा दैनिक रूपमा सिमावर्ती भारतीय शहरबजारबाट आउने भारतीय  नम्वरप्लेटका सबै प्रकारका सवारी साधनमा प्रहरी प्रशासनले रोक लगाएको छ । 

गड्डाचौकी, दोधारा चादनी, ब्रह्मदेव, वेलौरी, पुर्नवास लगायतका सिमानाकाहरुबाट आउने सवारी साधन आवागमनमा रोक लगाएको हो । बिहीबार कञ्चनपुरको पुर्नवास नगरपालिका–८ को सिमावर्ती क्षेत्र आनन्द बजारमा कलभर्ट निर्माणलाई लिएर विवाद बढेको थियो ।

कलभर्ट निर्माणका विषयमा स्थानीयले गरेको प्रदर्शनमा भारतीय सीमा सुरक्षाबलले हानेको गोली लागेर एक जना युवकको मृत्यु भएको थियो । सोही घटनालाई लिएर आक्रोसित स्थानीयले बिहीबार साँझ भारतविरुद्ध विरोध र्याली समेत निकालेका थिए । भारतीय नम्बर प्लेटका चार वटा सवारीसाधनमा तोडफोड गरिएको थियो । पुर्नबासमा २ वटा ट्याक्टरमा आगजनी र महेन्द्रनगर बजार क्षेत्रमा २ मोटरसाइकलमा आगजनी समेत गरेका थिए । 

घटनामा दोषीको छानविन गरी कानुनी कारर्बाही गर्ने र कल्भर्ट निर्माण हाल बन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

तपाईंको बिचार